३० आश्विन २०८३, शुक्रबार

नागढुंगाबाट जबरजस्ती उपत्यका छिर्न खोज्ने ३ जना प्रहरीको नियन्त्रणमा

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौं, २९ साउन । काठमाडौं उपत्यका छिर्न खोज्ने ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौं छिर्ने मुख्य नाका नागढुंगाबाट जबरजस्ती आउन खोज्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको बताएको हो ।

गएराति पौने ११ बजेतिर नागढुंगाबाट काठमाडौं प्रवेश गर्न लागेका नुवाकोट शिवपुरी गाउँपालिका २ का कमल तामाङ, सुर्खेतको गुर्वाकोट गाउँपालिका १ का बिक्की नेपाली र रुपन्देहीको बुटवल ११ का विशाल रसाईलीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

सरकारले यही १५ गतेदेखि बेलुकी ७ बजेदेखि बिहान ७ बजेसम्म नाकाबाट प्रवेश गर्न नदिने निर्णय गरिसकेको छ । तर, उनीहरुले काठमाडौं प्रवेश गर्न पाउनु पर्ने माग राखेर जबरजस्ती गर्न खोजेपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

उनीहरुलाई अहिले महानगरीय प्रहरी वित्त थानकोटमा राखिएको छ ।