
काठमाडौं, २९ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न अर्का अध्यक्ष पुपष्कमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन् ।
लामो समयको संवादहीनतापछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको हो ।
दुई अध्यक्षबीच कुरा नमिल्दा पार्टीको सचिवालय र स्थायी कमिटी बैठक प्रभावित बन्दै आएको छ ।
आज भइरहेको छलफलमा पार्टीभित्र देखिएको समस्या समाधान गर्नेबारे पहल हुने बताइएको छ ।
यसअघि प्रधानमन्त्री ओलीले एपीवान टेलिभिजनको नयाँ कार्यक्रम ‘द ब्राभो डेल्टा शो’ लाई अनतर्वार्ता दिँदै ५–७ दिनभित्रै पार्टीको विवाद समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
उक्त अन्तर्वार्ता बुधबार साँझ प्रसारण भएको थियो ।
ओली–दाहालबीच पछिल्लो एकहप्तायता कुनै पनि औपचारिक भेटघाट तथा छलफल भएको थिएन ।
यद्यपि, अनौपचारिक रुपमा निरन्तर छलफल र वार्ता भइरहेको पनि विभिन्न सञ्चारमाध्यमहरुले प्रकाश पार्दै आएका थिए ।
यसअघि साउन १८, १९ र २० मा वरिष्ठ नेता झलनाथ खनाल र स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित दुई अध्यक्षबीच छलफल भएको थियो ।















प्रतिक्रिया