३० आश्विन २०८३, शुक्रबार

मकवानपुरमा १० जना प्रहरीसहित ३७ जनामा कोरोना संक्रमण पुष्टि

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, २९ साउन । मकवानपुरमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार र मंगलबार संकलन गरिएको स्वाब परीक्षण गर्दा बिहीबार ३७ जनामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमित हुनेमा हेटौंडा–९ का ७ जना, हेटौंडा–५ का ४ जना, हेटौंडा–४ का ४ जना, हेटौंडा–२ का १, १० का १ र १३ का १ गरी उपमहानगरभित्रका १८ जना छन् ।

यसैगरी, भीमफेदी गाउँपालिकामा ३, थाहा नगरपालिका २, बकैया गाउँपालिका २, चितवन ठेगाना भएका १, काठमाडौं ठेगाना भएका १ र १० जना प्रहरी गरी १९ जनामा कोरोना संक्रमण देखिएको छ ।

संक्रमित हुनेमध्ये १० जना प्रहरी अधिकारीहरु रहेको बताइएको छ ।