– संजिब दाहाल
मलेसिया । श्रम तथा अन्तर्राष्ट्रिय संसदिय समितिको सभाषद् प्रभु शाह नेतृत्वको टोली श्रमिकको अबस्था बुझ्न मलेसियामा आएको छ ।
शाहको नेतृत्वको सो टोलीले मलेसिया आएर सोही दिनदेखि काम समेत सुरु गरेको छ ।
टोलीले सोमबार नेपाली दुताबास, मलेसियामा कार्यरत विभिन्न संघ सस्थाका प्रतिनिधी, प्रबासी नेपाली मञ्चका पदाधिकारी, एनआरएनका सदस्य, मलेसियामा कार्यरत मजदुर अधिकारकर्मी पत्रकार समाजसेवी लगायतका सरोकारवालासंग छलफल गरेको छ ।
छलफलमा सहभागीहरुले मलेसियामा नेपालले श्रम सम्झौता नगरी कामदार पठाएकाले नेपाली श्रमिक अझै पनि मर्कामा परिरहेको बताएका छन् ।
प्रबासी नेपाली मञ्चका अध्यक्ष राजेन्द्र प्रकाश भण्डारीले न्युनतम सेवासुविधा, तलब मानसिक यातना सुरक्षा बस्ने ठाउँ स्वास्थ लगायतका विषयमा मलेसिया र नेपाल सरकार गभ्भिर नभएको बताउनुभयो ।
टोलीले मंगलबार मलेसियाली सरकारी निकायसंग पनि यसबारेमा छलफल गर्दैछ । श्रमिकका सबै प्रकारका समस्याको अध्ययन गरी नेपाल सरकारलाई बुझाउने र नियमावली संशोधन लागि दबाब दिईने टोलीले जनाएको छ ।
मलेसियामा करिब एक साता बसेर श्रमिकका बारेमा विभिन्न क्षेत्रमा अध्ययन गर्ने छ । अध्ययन प्रस्ताव प्रतिबेदन बनाएर सरकारलाई केही समय पछाडि पेश गर्नेछ ।
















प्रतिक्रिया