३ कार्तिक २०८३, मंगलबार

नरेश र एलिनाको स्वरमा ‘मेरो बाबा भगवान’

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायक एवम् संगीतकार नरेश खातीले ‘मेरो बाबा भगवान’ बोलको गीत ल्याएका छन् ।

बुबाको मुख हेर्ने दिन अर्थात कुशेऔँसी आउँदै गर्दा गायक खातीले ‘मेरो बाबा भगवान’ बोलको गीत ल्याएका हुन् । गीतमा खातीका साथै गायिका एलिना चौहानले स्वर दिएका छन् । गीतमा खातीले नै शब्द लेखेका हुन् ।

बुबाको मुख हेर्ने दिन आएको अबसरमा आफूले ‘मेरो बाबा भगवान’ बोलको गीत ल्याएको बताए । ‘आमासम्बन्धी थुप्रै गीतहरू छन् । तर, बुबालाई जोडेर धेरै गीत छैन’, गायक एवम् संगीतकार खातीले भने, ‘बुबाको मुख हेर्ने दिन आउँदै छ । सबैका छोराछोरीलाई यो गीतले बुबाको महत्व दिओस् भनेर गीत बनाएको हुँ ।’

लोक तथा दोहोरी गीतमा राम्रो दख्ल राख्ने खातीले मेलोडिले भरिएको यो गीतबाट युवा पुस्तालाई बुबाको महत्व सिकाउन खोजेका छन् । गायक एवम् संगीतकार खातीकाे याे गीत बिहीबार बिहान युट्युबमार्फत रिलिज गरिएकाे छ ।

यसअघि ‘मेरी छोरी’ गीत बनाएका खातीको त्यो गीतले युट्युबमा एक करोड भ्यु कटाएका थियो । अर्को गीत ‘माया मारेर’ले पनि एक करोड भ्यु नाघेको थियो ।