![]()
काठमाडौं, २८ साउन । कान्तिपुर दैनिकमा सहायक सम्पादकको जिम्मेवारीमा रहेका पत्रकार बलराम बानियाँ मृत फेला परेका छन् ।
महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाका अनुसार बानियाँको मृत शरीर मंगलबार बिहान ११ बजेतिर मकवानपुरको सिस्नेरीस्थित माण्डो जलविद्युत् परियोजना क्षेत्रमा फेला पारिएको हो ।
सोमबार दिउँसोदेखि सम्पर्कविहीन बानियाँ राजधानीको बल्खुचोकमा करिब पौने चार बजे देखा परेका थिए ।
एसएसपी थापाका अनुसार बानियाँ पुलमुनि जाँदै गर्दा उनको जुत्ता हिलोमा अड्किएको र त्यसपछि खोलाको पानीमा लडेपछि स्थानीयले उद्धार गर्ने प्रयास गरेका थिए ।
पानीको अत्याधिक वहाबले गर्दा उद्धार गर्न नसकेको स्थानीयले बताएका छन् । त्यसबेला उनको पहिचान खुल्न सकेको थिएन । उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।















प्रतिक्रिया