१२ कार्तिक २०८३, बिहिबार

जेठ १५ मा संविधान जारी हुने ‘हावा गफ’ नदिन नेताहरुलाई कमल थापाको आग्रह

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kamal-thapa1झापा, ३ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अहिलेको अवस्थामा जेठ १५ भित्र संविधान जारी हुन नसक्ने टिप्पणी गर्नुभएको छ ।

झापामा सञ्चारकर्मीहरुको संगको भेटघाटमा अध्यक्ष थापाले सत्तापक्षीय मोर्चाका नेताहरुले आगामी जेठ १५ गते संविधान जारी गर्ने बताइएको प्रसङ्गमा उहाँले त्यसप्रति पनि जनतामा विश्वास नरहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो-‘कुनै दलहरु आन्दोलन लिएर सडकमा छन्, यस्तो असहज स्थितिमा संबिधान आउने अवस्था निकै सङ्कटमा छ ।’ अध्यक्ष थापाले जनतालाई जेठ १५ गते संविधान दिन्छु भनेर भ्रममा नराख्न सत्तापक्षीय मोर्चाका नेताहरुलाई आग्रह समेत गर्नुभयो ।

उहाँले ठूला राजनीतिक दलहरुको दम्भका कारण संविधान अन्योल बनेको धारणा राख्नुभयो । अध्यक्ष थापाले संविधान लेखनमा देखिएको अवरोधले नयाँ संविधान निर्माणको प्रक्रियामा अन्योल देखापरेको बताउनुभयो ।

संविधान लेखनमा देखिएको अवरोध हटाउन तीन विकल्प भएको चर्चा गर्नुहुँदै उहाँले यसका लागि दलहरुमा साझा प्रतिबद्धता आउनुपर्ने बताउनुभयो ।

एक प्रसङ्गमा नयाँ शक्ति निर्माणका लागि राप्रपा र राप्रपा नेपालबीच एकीकरणको अन्तिम तयारीमा पुगेको जानकारी दिनुभयो ।