
काठमाडौं, २७ साउन । काठमाडौंको गोंगबुमा हत्या गरेर टुक्रा–टुक्रा पारी फलिएका दाङका कृष्णबहादुर बोहोराका हत्यारा पक्राउ पर्नाका साथै हत्याको कारण समेत खुलिसकेको छ ।
तर, चितवन घर भएकी परस्त्री कल्पना मुडभरी पौडेललेको हातबाट ज्यान गुमाएका बोहोराका परिवार र आफन्तचाहिँ कहाँ के गर्दैछन् आम चासोको विषय बनेको छ । हत्याराको बारेमा फिहरिस्थ विवरणहरु एकपछि अर्को गरी सार्वजनिक भइरहेको भए पनि बोहोराको पारिवारिक स्टाटस र उनको चरित्रबारे चर्चा भएको छैन ।
हत्या गरिएका बोहोरा हाल दाङका भए पनि उनी रोल्पाबाट बसाई सरेर आएको पाइएको छ । उनीसँग भएको नागरिकता रोल्पाबाट जारी भएको छ । त्यसो त उनको दाजुहरु पनि अहिले रोल्पामै खेतीपाती गरेर बसेका छन् ।
उनको बुबाको मृत्यु भइसकेको छ भने आमा वृद्धावस्थाकी छन् ।
दुई श्रीमतीका श्रीमान बोहोराले जेठी श्रीमती दाङमा छोडेर कान्छी श्रीमती विवाह गरेर काठमाडौं बस्दै आएका थिए ।
कान्छी श्रीमती भारतको फरिदावादमा एक्लै बस्दै आएपछि उनी एक्लो बनेका थिए ।
त्यसपछि वैदेशिक रोजगारीका क्रममा अफगानिस्तान पुगेका बोहोरा ७ वर्षपछि नेपाल फर्किएका थिए । नेपाल फर्किएर केहीदिन दाङमा बसेका बोहोरा काठमाडौं फर्किएपछि कपडा व्यवसाय थालेका थिए ।
सामाजिक सञ्जाल फेसबुकबाट चिनापरिचय भएपछि कल्पना पौडेलसँग उनको ३–४ वर्षदेखि हिमचिम रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
तर, दुईजना बीचको सम्बन्धमा बोहोराले कल्पनालाई ब्ल्याकमेलिङ गर्दै यौन शोषण र सामाजिक रुपमा चरित्रहत्या गर्न खोजेपछि कल्पनाले उनको ज्यानै लिएको बयान दिएकी छिन् ।
तर, घटनामा मृतक बोहोरा र उनको परिवार पीडित छ । यद्यपि, पीडितका परिवारहरु घटनाबारे खास चासो नदिइरहेको बताइएको छ ।
यो पनि पढ्नुहोस्–















प्रतिक्रिया