
काठमाडौं, २७ साउन । सरकारले सशस्त्र प्रहरीको औद्योगिक, राजस्व चुहावट र भन्सार सुरक्षा गुल्म हटाउने निर्णय गरेको छ ।
यी तीन वटा क्षेत्रमा रहेका ४६ वटा गुल्म हटाएर ११७ वटा बोर्डर आउट पोइन्ट (बीओपी) स्थापना गर्ने निर्णय भएको गृह मन्त्रालयले बताएको छ ।
मन्त्रालयको प्रस्तावमा ३ वटै क्षेत्रमा खटिएका सशस्त्रका गुल्म हटाउने निर्णय केही समयअघि मन्त्रिपरिषद्ले गरेको थियो । ति क्षेत्रमा ४ हजार ६२० सशस्त्र प्रहरी खटिएका थिए, उनीहरूलाई त्यहाँबाट फिर्ता बोलाएर २४० जना थप गरी तराईमा १० वटा नयाँ गुल्म थपिएको छ ।
सीमामा बीओपी बढाउनु पर्ने भएकाले त्यहाँ थप सशस्त्र प्रहरी चाहिएएको भन्दै तीन वटै निकायबाट खटिएका सुरक्षाकर्मी फिर्ता गर्न लागिएको गृह मन्त्रालयको भनाइ छ ।
अहिले ११७ वटा बीओपी रहेकोमा त्यसमा ११० वटा थप गर्ने गृहकार्य भएको बताइएको छ । सरकारले राजस्व चुहावटअन्तर्गत राजस्व अनुसन्धान विभागलाई ८०० जना सशस्त्र प्रहरी उपलब्ध गराएको थियो । राजस्व अनुसन्धान विभागको केन्द्रीय कार्यालय र ४ वटा कार्यालयमा १६० जनाको दरले सशस्त्र प्रहरी खटाएको थियो ।















प्रतिक्रिया