७ कार्तिक २०८३, शनिबार

गोंगबु हत्याकाण्डमा उठेको प्रश्न : मृतक–आरोपितबीच लेनदेन मात्रै थियो कि, प्रेम पनि ?

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ साउन । गोंगबुमा भएको कृष्णबहादुर बोहरा हत्याकाण्डको अनुसन्धानमा अनेक प्रश्न उठेका छन् ।

हत्या अभियोगमा चितवनबाट कल्पना शाहीलाई पक्राउ गरी काठमाडौं झिकाएर बयान लिने काम भएको छ । प्रारम्भिक अनुसन्धानमा लेनदेनको विवादका कारण हत्या भएको प्रहरीको ठम्याई भए पनि बोहरा शाहीको डेरामा निरन्तर जानुको कारणलाई पनि अनुसन्धानको दायरामा ल्याइएको छ ।

‘लेनदेनको विवाद एउटा कारण भए पनि उनीहरूबीचको सम्बन्धको कोणबाट पनि अनुसन्धान भएको छ, प्रहरीले सबै प्रक्रिया पूरा गरेपछि त्यसको जानकारी गराउनेछ’, एक अधिकारी भन्छन् ।

आरोपित महिला शाहीका पति वैदेशिक रोजगारीमा छन् । ति महिला र बोहराबीच एक अर्काको कोठामा आउजाउसहित बास बस्नेसम्मका कतिपय तथ्यले प्रेम सम्बन्ध रहेको पुष्टि गर्ने अधिकारीहरूको दाबी छ ।

‘लेनदेनका कारणले मात्र नभई पारिवारिक सम्बन्ध जोगाउनका निम्ति पनि हत्याको चरणमा महिला पुगेको हुनसक्ने कोणबाट पनि खोजीनीति भइरहेको छ’, प्रहरी अधिकारी भन्छन्,‘बोहराका तर्फबाट हत्या गर्नका लागि महिलालाई प्रेरित गर्ने के–के भएका थिए भन्ने बारेमा पनि खोजी जारी छ ।’

सोही प्रकरणको जानकारी दिनका लागि मंगलबार महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गर्दैछ । हत्या आरोपित शाहीसँगै उनलाई चितवन लैजाने एम्बुलेन्सका चालकलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

सम्भवतः हत्या प्रकरणमा संलग्न अन्य तथ्यलाई पनि प्रहरीले सार्वजनिक गर्नेछ । गांगबु क्षेत्रमा बोहराको शव सुडकेशमा एकातिर र टाउको तीन सय मिटर पर भेटिएको थियो ।