७ कार्तिक २०८३, शनिबार

ओली–दाहालबीच निरन्तर सम्वाद

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ साउन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद समाधानका लागि दुई अध्यक्षबीच निरन्तर सम्वाद भइरहेको छ ।

प्रधानमन्त्री केपी ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले दुई शीर्ष नेताबीच विभिन्न माध्यमबाट सम्वाद भइरहेको बताए । ‘नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच निरन्तर सम्वाद भइरहेको छ’, एउटा टेलिभिजनसँगको अन्तर्वार्तामा रिमालले भने, ‘पत्रकारहरूले थाहा नपाएका मात्रै हो । उहाँहरूका बीच सम्वाद भइरहेको छ ।’

सल्लाहकार रिमालले सम्वाद गर्नका लागि दुई शीर्ष नेताबीच भेट हुनै पर्ने भन्ने नरहेको बताए । ‘उहाँहरूका बीच टेलिफोन सम्वाद पनि भएको छ । विभिन्न माध्यमबाट सम्वाद पनि भइरहेको छ’, उनले भने, ‘सहमतिको प्रयास भइरहेको छ । कुरा मिल्नेवित्तिकै सचिवालयको बैठक बस्छ । त्यसपछि स्थायी समितिको बैठक बस्नेछ ।’

प्रधानमन्त्री ओलीले पुरानो दल नेकपा (एमाले) ब्युझाउन सक्रिय भएको आरोपलाई सल्लाहकार रिमालले अस्वीकार गरे । ‘हामीले एमाले पार्टी छाडेर नेकपा बनाएका छौँ । माओवादी छाडेर नेकपा बनाएका छौँ’, उनले भने, ‘आफैले बनाएको पार्टीलाई छाडेर नयाँ पार्टी बनाउने रहर कसैलाई हुँदैन र छैन ।’

प्रधानमन्त्री ओली र उहाँको सचिवालयमाथि निरन्तर प्रहार भइरहेको प्रमुख राजनीतिक सल्लाहकार रिमालले बताएका छन् । उनले भने, ‘प्रधानमन्त्री र उहाँको सचिवालयमाथि शुरुदेखि प्रहार भइरहेको छ ।’

रिमालले नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो पदीय जिम्मेवारीलाई ख्याल राख्नुपर्ने बताएका छन् । ‘पार्टीको प्रवक्ताले पार्टीको निर्णयका बारेमा भन्ने हो’, उनले भने, ‘नारायणकाजीजीले आफ्नो जिम्मेवारी सहि रुपमा निभाउनु भएन कि भन्ने मेरो बुझाइछ ।’