३० आश्विन २०८३, शुक्रबार

न्यूयोर्कका युवा लेखक राजन थपलिया भारतीय राष्ट्रपति कलाम ट्रस्टद्वारा सम्मानित

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-विजय थापा

डिसी, २५ साउन । न्यूयोर्क निवासी चर्चित युवा लेखक तथा बिश्व चर्चित फोर्ब्स मिडियाका सहयोगी (कन्ट्रीब्युटर)राजन थपलिया हालै भारतका पूर्व राष्ट्रपति डा.ए.पि.जे अब्दुल कलाम ट्रस्टद्वारा सम्मानित भएका छन् ।

गरीब असाहयहरुको आवाजलाई लेखनको माध्यमद्वारा सहयोग गरेको र हजारौ नेपाली तथा भारतीय आप्रबासीहरु लाई बर्षौँदेखि अङ्रेजी अनुवादमा निःशुल्क सेवा गरेको अनि दक्षिण एसियाका देशहरुमा असाहय बालबालिकाहरुलाई समेत सहयोग गर्दै आएको उनको सेवा को बिशेष सम्मान गर्दै कलाम ट्रस्टले उनलाई सम्मान गरेको हो ।

न्यूयोर्क निबासी राजन थपलियाका सेल्फहेल्प, सेल्फ मोटिभेसन, उपन्यास र कविता विधामा झण्डै दर्जन पुस्तक प्रकाशित छन् । केहि वर्षअघि उनको पुस्तक शतप्रतिशत जीवन सगरमाथाबाट लोकार्पण गरिएको थियो ।

अमेरिका निवासी युवा लेखक राजन थपलियाको कविता नेपालको पाठ्यक्रममा समेत राखिएको छ । थपलियाको कविता कक्षा ६ को अँग्रेजी पाठ्यक्रममा राखिएको हो। नेपालका अँग्रेजी माध्यमका कैयन विद्यालयहरुमा पढाई हुने उक्त पाठ्यक्रम उक्त कविता नेपालको बारेमा लेखिएको थियो ।

अहिले १४ औ किताबको तयारी गरी रहेका थापालिया दर्जनौ किताबका लेखक तथा केही संचार माध्यमका सम्पादक समेत हुन ।