२९ आश्विन २०८३, बिहिबार

‘सिने जोन’का रजत र सृजनाबीच विवाह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ramesh Budathokiकाठमाडौं । नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि प्राविधिकलगायतका कार्यमा व्यवसाय गर्दै आएका रजत बुढाथोकी वैवाहिक जीवनमा बाँधिएका छन् ।

सृजना कार्कीसँग विहे गरेका हुन् । रजत र सृजनाबीच फागुन– २६ गते काठमाडौंमा धुमधामका साथ विहे भएको थियो ।

विराटनगर स्थायी घर भएकी सृजनासँग रजतको माग विहे भएका हो । प्रेम विहे त होला नि भन्ने जिज्ञासामा रजतले भने, ‘होइन होइन, मागी विहे ।’

विहको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा राखेका रजत र सृजनालाई बधाई आउन थालेका छन् । दाङको घोराहीमा स्थायी घर भएका रजत र विराटनगरकी सृजनाको विहेमा परिवार र उनीहरूका नजिकका साथीमात्रै सहभागी थिए ।

काठमाडौंको बागबजारमा ‘सिने जोन’ नामक कम्पनी चलाएर बसेका छन्, रजत । नेपाली फिल्मका लागि आवश्यक पर्ने सम्पूर्ण प्राविधिक काम गर्ने ‘सिने जोन’ नेपाली चलचित्र क्षेत्रका लागि परिचित नाम हो ।

‘सिने जोन’मा रेड क्यामरा, हेलिकप्टर, स्टुडियो, सम्पादनलगायत सम्पूर्ण प्राविधिक कार्य हुँदै आएको छ ।