७ कार्तिक २०८३, शनिबार

प्रदेश ५ की सांसद केसीलाई कोरोना भाइरसकाे संक्रमण

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालगन्ज, २५ साउन । प्रदेश ५ की सांसद कृष्णा केसीलाई कोरोना भाइरसकाे संक्रमण भएकाे छ ।

सांसद केसीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हाे । बाँकेको राप्ती सोनारी गाउँपालिका–९ निवासी सांसद केसीले शनिबार राति सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर आफू कोरोना संक्रमित भएको जानकारी दिएकी हुन् ।

उनले आफ्नो नजिक सम्पर्कमा आएकाहरूलाई सेल्फ आइसोलेसनमा बस्न र पीसीआर परीक्षण गराउन आग्रह गरेकी छिन् । भेरी अस्पताल नेपालगन्जमा गरिएको पीसीआर परीक्षणमा शनिबार बाँकेका ७ जना महिलासहित २० जना कोरोना संक्रमित थपिएका थिए ।

सांसद केसी आफ्नो निर्वाचन क्षेत्र नरैनापुरमा कोरोना महामारीका बेला आयोजित विभिन्न कार्यक्रममा सहभागी हुने गरेकी थिइन् ।

यसैबीच, कोरोना संक्रमण दरफेरि बढेपछि नेपालगन्ज उपमहानगरपालिका तीन दिनसम्म पूर्णरुपमा शील गरिएको छ ।

जिल्लास्थित कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले गयराति १२ बजेदेखि मंगलबार राति १२ बजेसम्म नेपालगन्जलाई चारै दिशाबाट शिल गरेर हिँडडुलमा पूर्णतया रोक लगाएको हो ।

शील गरिएको अवधिमा सुरक्षा निकाय र स्वास्थ्यबाहेकका सवारी साधन चल्न नपाउने प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए । यसअघि नै बाँकेमा निषेधाज्ञा जारी गरिएको छ ।