६ कार्तिक २०८३, शुक्रबार

प्रधानमन्त्री ओलीद्वारा अयोध्या धामको मास्टर प्लान बनाउन निर्देशन

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्योध्या धामको मास्टर प्लान बनाउन चितवन माडीका जनप्रतिनिधिहरुलाई निर्देशन दिएका छन् ।

उनले टेलिफोनमार्फत माडीका जनप्रतिनिधिहरुलाई बालुवाटार बोलाएर भगवान श्रीरामको जन्मभूमि नेपाल नै भएको दावी गर्दै यस्तो निर्दशन दिएका हुन् ।

उनीहरुसँग प्रधानमन्त्री ओलीले करिब २ घण्टा छलफल गरेका थिए । ‘रामको जन्भभूमि अयोध्यापुरी नै हो । त्यहाँ रामको भब्य मन्दिर बनाउनुस्’ माडीका जनप्रतिनिधिलाई प्रधानमन्त्री ओलीले भने, ‘त्यो क्षेत्रलाई अयोध्याधामकै रुपमा विकास गर्न मास्टर प्लान बनाएर पठाउनुुस् ।’

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले माडी नगरपालिकाको नाम फेरेर अयोध्यापुरी राख्नसमेत सुझाव दिएका थिए ।

त्यस्तै, उनीहरुसँगको भेटमा प्रधानमन्त्री ओलीले राष्ट्रिय निकुञ्जका समस्या र दुईहप्ता अघि जलेको चेपाङको घर र उनीहरुको बसोबासको समस्याबारे पनि कुरा उठाएका थिए । ‘राम मन्दिर बनाउँदै गर्दा चेपाङहरुको घर बनेन भने अर्थ रहन्न’ मेयर ढकालले भने, ‘चेपाङहरुको घर बनेपछि मात्र मन्दिर बनाउनुपर्छ ।’