
काठमाडौँ, २४ साउन । समुदायमा कोरोनाभाइरसको प्रवेश भए नभएको पत्ता लगाउन बुटवलमा गरिएको परीक्षण ३ जनामा संक्रमण पुष्टि भएको छ ।
वुधबार लुम्बिनी प्रादेशिक अस्पतालले २ सय ३८ जनाको स्वाब संकलन गरेको थियो । जसमा ७२ जनाको परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको अस्पतालले जनाएको छ ।
संक्रमितमध्ये एक जना लुम्बिनी प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मी रहेका छन् । त्यस्तै, अर्का जनप्रतिनिधि रहेका छन् । संक्रमितहरु २ पुरुष र एक जना महिला हुन् ।
संकलित अन्य स्वाबको परीक्षण भइरहेको बताइएको छ ।















प्रतिक्रिया