
काठमाडौँ, २४ साउन । बाँकेमा शनिबार थप २० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
नेपालगञ्जमा १६ जना र कोहलपुरमा ४ जनामा संक्रमण देखिएको भेरी अस्पतालले जनाएको छ ।
३ सय जनाको नमुना परीक्षण गरिएकोमा बर्दियाका २ गरी २२ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
समुदाय स्तराम कोरोना फैलिएको भन्दै बाँकेमा निषेधाज्ञा जारी गरिएको छ । शनिबारसम्म जारी निषेधाज्ञा थप ३ दिनका लागि लम्ब्याइएको छ ।















प्रतिक्रिया