
काठमाडौँ, २४ साउन । नेपालमा शनिबार थप ३ सय ७८ जनामा कोरोनाभाइरस संक्रमण देखिसँगै संक्रमितको संख्या २२ हजार ५ सय ९२ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार थपिएका संक्रमितहरुमा महोत्तरीका २ र सुनसरीका १० र मोरङका २२ जना रहेका छन् । उनीहरुको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र कोशी अस्पतालमा परीक्षण गरिएको थियो ।
त्यस्तै, उनका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङका २६, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला विराटनगरमा सप्तरीका १, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका १६, महोत्तरीका १४ र सर्लाहीका ३२ जनामा कोरोना संक्रमण देखिएको हो ।
नारायणी अस्पताल वीरगञ्जमा बाराका २ र पर्साका ५३, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा काठमाडौंका ४ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।
भरतपुर अस्पताल प्रयोगशाला चितवनमा चितवनका २, पर्सा र सर्लाहीका एक एक, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा बाराका ४, मकवापनुरका ६, रौतहट र सर्लाहीका ३/३, र सिन्धुलीका १ जना मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार धुलिखेल अस्पतालमा काभ्रेपलाञ्चोकका ७ र रामेछापका ४, पाटन अस्पताल ललितपुरमा बारा र धादिङका १/१, धनुषाका २, काठमाडौंका ५, सिन्धुलीका १ र ललितपुरका ३, वीर अस्पताल काठमाडौंमा धनुषा र दोलखाका २/२, काठमाडौं, महोत्तरी, नुवाकोट, रामेछाप र रौतहटका १/१ जनामा कोरोना भेटिएको छ ।
त्रिवि शिक्षण अस्पताल काठमाडौँमा धादिङ र काठमाडौँका १/१, नेपाल प्रहरी अस्पतालमा काठमाडौँका २९, स्टार अस्पताल सानेपामा काठमाडौँका १२, विध ल्याब काठमाडौँमा काठमाडौँका २ जनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै, नेपाल कोरियामैत्री अस्पताल भक्तपुरमा भक्तपुरका ३, कञ्चनपुरका १, काठमाडौंका २, मोरङ र पर्साका १/१, बागलुङका १३, प्रादेशिक क्षयरोग केन्द्र पोखरामा कास्कीका ३, म्याग्दीका १ र स्याङजाका ७ जनामा कोरोना भेटिएको छ ।
भेरी अस्पताल नेपालगञ्जमा बाँकेका ४९, रुकुम पश्चिम र बर्दियाका १/१, सुर्खेत प्रादेशिक अस्पतालमा सुर्खेतका ३, चौर जहारी पिसिआर नगरपालिका प्रयोगशालामा जाजरकोटका १ जनामा कोरोना पाइएको मन्त्रालयले जनाएको छ ।
प्रवक्ता गौतमले डडेल्धुरा अस्पताल प्रयोगशालामा बझाङका ३, सेती प्रादेशिक अस्पताल धनगढीमा कैलालीका ४ र कञ्चनपुरका ३ जनामा कोरोना पुष्टि भएको बताए ।
त्यस्तै, कुल संक्रमितमध्ये ६ हजार २ सय ६ जना संक्रिय संक्रमित रहेका छन् ।















प्रतिक्रिया