६ कार्तिक २०८३, शुक्रबार

बागलुङमा स्क्रब टाइफसका बिरामी भेटिए

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ, २४ साउन । बागलुङमा स्क्रब टाइफसका बिरामी फेला परेका छन् ।

बागलुङको धौलागिरि अस्पतालमा उच्च ज्वरो आएर उपचारका लागि आएका तीन जनामा स्क्रब टाइफस देखापरेको अस्पतालले जनाएको छ।

यही साउन महिनामा मात्रै स्क्रब टाइफसका तीन जना बिरामी फेला परेको धौलागिरि अस्पतालका सूचना अधिकारी तीर्थ गौतमले जानकारी दिए ।

बुधबार मात्रै उच्च ज्वरो आएपछि अस्पताल भर्ना गरिएका जैमिनी नगरपालिका–२ का ४२ वर्षीय पुरुषमा स्क्रब टाइफस देखिएको छ। उनी धौलागिरि अस्पतालमा भर्ना गई उपचाररत छन्।

यस्तै साउन १० गते बागलुङ नगरपालिका–२ का एक र साउन १२ गते पर्वत जिल्लाको फलेवास नगरपालिका–३ का एक जनालाई स्क्रब टाइफस देखिएको थियो ।

दुवै जना अस्पतालबाट स्वास्थ्य लाभ गरी घर फर्किएका अस्पतालले जनाएको छ। बागलुङमा गत वर्ष सात जना स्क्रब टाइफसका बिरामी फेला परेका थिए । –रासस