
काठमाडौँ, २४ साउन । नेपालमा थप पछिल्लो २४ घण्टामा थप ४ सय ९९ जनाले कोरोना जितेका छन् ।
यससँगै उपचारपछि निको हुनेको संख्या १६ हजार ३ सय १३ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जनाए ।
त्यस्तै, शनिबार थप ३ सय ७८ जनामा संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २२ हजार ५९२ पुगेको छ ।
नेपालमा अहिले संक्रिय संक्रमितको ६ हजार २ सय रहेका छन् ।
मन्त्रालयका अनुसार नेपालमा ५ सय बढी संक्रमित हुने जिल्ला पर्सा, रौतहट, महोत्तरी र काठमाडौँ गरी ४ वटा हुन् । त्यस्तै, ७ जिल्ला कोरोनामुक्त भएका छन् । प्रवक्ता गौतमका अनुसार खोटाङ, धनकुटा, संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा कोरोना संक्रमण शून्यमा झरेको हो ।















प्रतिक्रिया