३० आश्विन २०८३, शुक्रबार

राष्ट्रियसभामा सबै समितिका सभापति निर्विरोध निर्वाचित

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ साउन । राष्ट्रियसभामा सबै समितिका सभापतिहरु निर्विरोध निर्वाचित भएका छन् ।

समिति सभापति चयन गर्न शुक्रबार निर्वाचन भएको थियो । निर्वाचनबाट दीगो विकास तथा सुशासन समितिमा तारादेवी भट्ट, विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङ सभापति चयन भएका छन् ।

त्यसैगरी प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिमा रामनारायण विडारी र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी रावल थापा (पार्वती) सभापतिमा निर्वाचित भएकी छिन् ।