३० आश्विन २०८३, शुक्रबार

कक्षा ११ को परीक्षा नलिन राष्ट्रिय परीक्षा बोर्डको निर्देशन

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ साउन । राष्ट्रिय परीक्षा बोर्डले तत्काल कक्षा ११ को परीक्षा सञ्चालन नगर्न विद्यालयहरुलाई निर्देशन दिएको छ ।

अर्को निर्णय नहुँदासम्म सो परीक्षा सञ्चालन नगर्न बोर्डले निर्देशन दिएको हो । कोरोना भाइरस संक्रमणको दर बढिरहेको अवस्थालाई दृष्टिगत गर्दे बोर्डले यस्तो निर्देशन दिएको बताएको छ ।

साथै कोरोना संक्रमण न्यूनीकरण नभएको अवस्थामा परीक्षा लिनेसम्बन्धी सरकारले कुनै निर्णय नगरेको पनि बोर्डले स्पष्ट पारेको छ ।

भदौ १ गतेदेखि विद्यालयहरु खुला हुने सरकारको यसअघि भएको निर्णयसँगै कतिपय विद्यालयहरुले यसअघि रोकिएका परीक्षा सञ्चालन गर्ने तयारी गरिरहेका थिए ।

तर, पछिल्लो समय संक्रमणको दर घट्नुको साटो बढिरहेकाले सरकारको अर्को निर्णय नआएको भन्दै बोर्डले परीक्षा स्थगित गर्न निर्देशन दिएको हो ।