३ कार्तिक २०८३, मंगलबार

यस्तो छ ‘केजिएफ–२’मा सञ्जय दत्तको लुक

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । सञ्जय सिनेमामा प्रमुख खलनायकको भूमिकामा देखिदैंछन् । सिनेमामा संजय ‘अधिरा’को भूमिकामा हुनेछन् । सिनेमाले संजयको जन्मदिनको अवसर पारेर सिनेमामा रहेको उनको नयाँ लुक सार्वजनिक गरेको छ । सार्वजनिक लुकमा संजयलाई खतरनाक अवतारमा देखाइएको छ ।

सार्वजनिक भएको संजयको यस लुकलाई उनका प्रशंसकहरूले मनपराएको भारतीय संचारमाध्यमले जनाएका छन् । यसअघि ‘अग्निपथ’मा उनले निर्वाह गरेको ‘काञ्चा चिना’ पनि दर्शकहरूलाई एकदमै मनपराएका थिए ।

‘केजिएफ–२’को लुक सार्वजनिक गर्दै संजयले भनेका छन्, ‘यस सिनेमामा काम गर्नु एकदम गर्वको कुरा हो । जन्मदिनमा यो भन्दा राम्रो उपहार के माग्न सक्छु ? फ्यानहरूको माया र साथका लागि धेरैधेरै धन्यवाद ।’

कन्नड भाषाको हालसम्मकै सर्वाधिक महँगो मानिएको यस सिनेमामा यस र श्रीनिधि शेट्टी प्रमुख भूमिकामा छन् । सिनेमालाई प्रशान्त निलले निर्देशन गरेका हुन् ।

झण्डै ५० देखि ८० करोड भारूको बजेटमा निर्माण भएको सिनेमाले वक्सअफिसमा २ सय ५० करोड भारू कमाइ गरेको थियो । जारी कोरोना कहर शान्त भएमा सिनेमा अक्टुवर २३ मा रिलिज हुनेछ ।