३ कार्तिक २०८३, मंगलबार

नेपाल प्रहरीका सई मृत अवस्थामा फेला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal-policeदार्चुला, २ चैत । दार्चुलाको लेकम क्षेत्रमा पर्ने शंकरपुर गाविसमा एक जना आज मृत अवस्थामा फेला परेका छन् ।

आफ्नो घरबाट १ सय मिटरको दुरीमा खरको कुन्यु नजिक शंकरपुर–२ का ३९ वर्षिय प्रेम सिंह धामी मृत अवस्थामा भेट्टिएका प्रहरीले जनाएको छ ।

विहानै स्थानीयले मृतक धामीलाई देखेपछि प्रहरीलाई खवर गरेका थिए । प्रहरी चौकी शंकरपुरबाट खटिएको प्रहरी टोलीले घटना स्थलमा पुगी घटनाबारे स्थानीयसंग सोधपुछ समेत गरेको थियो ।

प्रारम्भिक अनुसन्धान अनुसार धामीको मृत्यु अत्याधिक मदिरा सेवनले भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

मृतकको शव जिल्ला अस्पताल खलंगामा पोष्टमार्टम गरी आजै आफन्तलाई बुझाइएको छ । मृतक धामी भुतपुर्व प्रहरी सहायक निरीक्षक हुन ।