३० आश्विन २०८३, शुक्रबार

सेनाका परिवारलाई मेगा बैंकद्वारा बीमाबापत ७ लाख रुपैयाँ हस्तान्तरण

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ साउन । मोेटरसाइकल दुर्घटनामा परी ज्यान गुमाएका नेपाली सेनाका जवान शिवराज रानाका परिवारलाई मेगा बैंक नेपालले बीमाबापत ७ लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

मेगा बैंकमा ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट’ खोलेका दिंवगत सैनिक जवान रानालाई मेगा बैंकले सोही खाताको बीमाबापत ७ लाख रुपैयाँ हस्तारन्तरण गरेको हो ।

गुल्मीको तम्घासस्थित नेपाली सेनाको वीरभद्र जंग गुल्ममा कार्यरत सैनिक जवान रानाको धनगढी उपमहानगरपालिका–११ स्थित घरमा बिदामा गएका बेला गत फागुनमा मोटरसाइकल दुर्घटनामा परी निधन भएको थियो ।

मेगा बैंक तम्घास शाखाका प्रबन्धक तेजेन्द्र कार्कीले वीरभद्र जंग गुल्मका गुल्मपति मेजर भूपेन्द्र गुरुङमार्फत सैनिक जवान रानाका बुबा टिकाराम रानालाई बीमाबापतको रकम हस्तान्तरण गरेका हुन् ।

न्यूनतम १ हजार रुपैयाँ मौज्दातमा खोल्न सकिने ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट’मा बैंकले हरेक खातावालाको ७ लाख रुपैयाँको दुर्घटना बीमा गर्ने गरेको बैंककी प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुपमा खुञ्जेलीले बताइन् ।

सीईओ खुञ्जेलीका अनुसार, ग्राहक र उनीहरुका परिवारलाई भइपरी आउने यस्ता घटनामा सुरक्षा मिलोस् भनेर बैंकले ग्राहकका लागि उक्त योजना ल्याएको जानकारी दिइन् ।