३० आश्विन २०८३, शुक्रबार

सुदूरपश्चिमस पुगेर फर्किएका संघीय संसद सचिवालयका प्रवक्ता पाण्डेमा पनि कोरोना संक्रमण पुष्टि

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ साउन । संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

वन व्यवस्थापनबारे अनुगमन गर्न सिन्धुली हुँदै सुदूरपश्चिमसम्म पुगेर फर्किएका प्रवक्ता पाण्डेमा कारोना संक्रमण पुष्टि भएको हो । उनी संसदको सार्वजनिक लेखा समितिका सदस्य प्रदीप यादवसहितको संसदीय अनुगमन उपसमितिको टोलीसँगै सुदूरपश्चिमसम्म पुगका थिए ।

टोलीमा संलग्न सांसद यादवलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रवक्ता पाण्डेसहित सचिवालयका अन्य ८ जना कर्मचारीमा पनि कोरोना परीक्षण गरिएको थियो ।

सो क्रममा उनमा संक्रमण देखिएको हो ।

पछिल्लो केही दिनयता भीआईपी तहका व्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि हुने क्रम बढ्दै गएको छ ।

यसअघि प्रदेश २ का आन्तरिक मामिला तथा काननूनमन्त्री ज्ञानेन्द्र यादवमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

सरकारले लकडाउन खुला गरेसँगै संक्रमणको दर ह्वात्तै वृद्धि भएको छ । साथै विभिन्न पदमा कार्यरत प्रहरी अधिकारी, सैनिक जवान, न्यायाधीश र अन्य उच्च ओहोदाका व्यक्तिहरुमा संक्रमण फेलिन थालेको छ ।