
काठमाडौं, २२ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनको परिवारमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।
प्रचण्डको सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि प्रचण्डलगायत उनको परिवारको पीसीआर परीक्षण गर्दा संक्रमण नदेखिएको हो ।
स्वकीय सचिव समेत रहेकी दाहालपुत्री गंगा दाहालले सामाजिक सञ्जालमा भर्खरै यसबारे जानकारी दिएकी हुन् ।
गंगाले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘अध्यक्षलगायत हामी सम्पूर्ण परिवारका सदस्यहरु, सुरक्षाकर्मीहरु र सचिवालयका सदस्यहरुको कोभिड–१९ स्वाब परीक्षण गर्दा बाहिरी घेरामा रहनुहुने ६ जना सुरक्षाकर्मीलाई कोरोना पोजेटिभ देखिएको छ । उक्त ६ जनाबाहेक हामी सबैको सिरपोर्ट नेगेटिभ आएको जानकारी गराउँदछु ।’
उनले थप लेखेकी छिन्, ‘अध्यक्षको सुरक्षामा अहोरात्र खटिनुहुने संक्रमित सुरक्षाकर्मी साथीहरुलाई शीघ्र स्वास्थ्य लामको कामना !’
















प्रतिक्रिया