३० आश्विन २०८३, शुक्रबार

प्रचण्डले सुवास नेम्वाङलाई खुमलटार बोलाएर दिए पार्टी फुट्न सक्ने धम्की

3.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ साउन । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी फुट्न सक्ने धम्की दिएका छन् ।

बिहीबार संसदीय दलका उपनेता सुवाचन्द्र नेम्वाङलाई प्रचण्ड निवास खुमलटार बोलाएर उनले यस्तो धम्की दिएका हुन् । नेम्वाङसँगको भेटमा प्रचण्डले पार्टी फुटको डिलमा पुगेको जानाउ दिँदै प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीले लकचकता नअपनाउने हो भने बहुमतको प्रक्रियाबाट पार्टी अगाडि बढ्न बाध्य हुने चेतावनी दिएका हुन् ।

तर, नेम्वाङले आगामी एकताअनुसार दुई अध्यक्ष मिलेर नै पार्टी हाँक्नुको विकल्प नरहेको जवाफ प्रचण्डलाई दिएका छन् । यदि दायाँबायाँ गर्दै जाने हो भने एकतामा समस्या आउने नेम्वाङको भनाइ छ ।

साउन ११ गतेको स्थायी कमिटी बैठक एकाएक स्थगित भएपछि दुई अध्यक्षबीच सम्वादको वातावरण टुटेको थियो । तर, पछिल्लोपटक आईतबारयता लगातार तीन दिन छलफल भए पनि ओली र दाहालबीच सम्वाद पुनः टुटेको छ ।

सम्वादको अवस्था सृजना गर्न अध्यक्ष प्रचण्डले नै नेम्वाङलाई खुमलटार बोलाएको स्रोतको भनाइ छ । दुई अध्यक्षबीच टेलिफोनमा सम्वाद भइरहेका बेला प्रचण्डले नेम्वाङसँग भेट्न चाहेको बताएपछि ओलीनिकट मानिने नेम्वाङ खुमलटार पुगेका थिए ।