२८ आश्विन २०८३, बुधबार

रोटरी क्लबको सहयोगमा बन्दिपुरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

11063097_970131166338191_2062603164_nतनहुँ, २ चैत । गाउँस्तरमा स्वास्थ्य सेवा प्रदान गर्नका लागि सिंगापुर, मलेसिया, बु्रनाई र नेपालको रोटरी क्लबले तनहुँको बन्दिपुरमा निशुल्क स्वास्थ्य शिविर संचालन गरेका छन् ।

बन्दिपुर अस्पतालमा ३ दिने निशुल्क स्वास्थ्य शिविरको उद्घाटन भब्यरुपमा सोमबार भएको छ । स्वास्थ्य सेवा गाउँस्तरमा पुग्न नसकिरहेको अवस्थामा रोटरी क्लबले विगतदेखि नै संयुक्त रुपमा शिविर संचालन गरेको जनाएको छ ।

स्वास्थ्य शिविरमा निशुल्करुपमा दाँत, गाइनो, स्त्रीरोग, पाठेघर, किड्नी लगायतको परीक्षण गरिने डा. मदन कुमार पियाले जानकारी दिए ।

३ दिनसम्म चल्ने शिविर मंगलबारदेखि बन्दिपुरको टुँडिखेलमा संचालन गरिने डा. पियाले जानकारी दिए । उक्त शिविरमा करिव २ हजारलाई परीक्षण गरिने बताइएको छ ।

11068801_970130753004899_695104105_n (1)शिविरको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि रोटरी डिष्ट्रिक गभर्नर ३३१० का आन्द्रे सुहातोले मानिसको जीवनमा स्वास्थ्य सबैभन्दा महत्वपूर्ण भएकाले बन्दिपुरवासीलाई सेवा लिन अनुरोध गरे ।

उनले बन्दिपुरबासीले गरेको स्वागतको मुक्तकण्ठले प्रसंसा गर्दै सामाजिक सेवा गर्दै जाने बताए । नेपालका लागि सिंगापुरका राजदूत एमएम पटेलले स्वास्थ्य शिविर विभिन्न क्षेत्रमा संचालन गर्दै जाने बताए ।

उनले भने–‘हामी सन् २००२ देखि संयुक्तरुपमा स्वास्थ्य शिविर संचालन गरिरहेका छौ ।’

कार्यक्रममा बन्दिपुरकै रोटरी डिष्ट्रिक गभर्नर ३२९२ का रविन्द्रकुमार पियाले स्वास्थ्य परीक्षण गर्न कठिन रहेको ठाउँमा शिविर संचालन हुनु बन्दिपुरबासीलाई गौरवको कुरा रहेको बताए ।

विभिन्न देशबाट आएका रोटरी क्लवका पाहुना तथा चिकित्सकहरुलाई बन्दिपुरबासीले पञ्चेबाजा बजाउँदै फुलमाला अपर्ण गरेर नगर परिक्रमा गराएका थिए ।