३ कार्तिक २०८३, मंगलबार

मदन पुरस्कारका लागि यी सात पुस्तक मनोनयनमा

826
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । मदन पुरस्कार गुठीले २०७६ सालको मदन पुरस्कारका लागि मनोनयनमा परेका ७ वटा पुस्तकको नाम सार्वजनिक गरेको छ ।

गुठीले वुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै गुठीलाई प्राप्त भएका १५१ पुस्तकबाट उत्कृष्ट सात कृति छानिएको जनाएको छ ।

गुठीका अनुसार मनोनयन सूचीमा पर्न सफल कृतिहरूमा विमल निभाको ’जोकरको बन्दुक’, तीर्थ श्रेष्ठको ’धर्सैधर्साको चक्रव्यूह’, भुवन ढुङ्गानाको ’परित्यक्ता’, शारदा शर्माको ’यात्रामा’, योगी धर्ममहारसको महारसनिघण्टु (१–३), ललित विष्टको ’मोहपथ’ र चन्द्रप्रकाश बानियाँको ’महारानी’ रहेका छन्।

यी सात वटा कृतिमध्ये एकलाई २०७६ सालको मदन पुरस्कार प्रदान गरिनेछ । मदन पुरस्कारको राशी चार लाख रुपैयाँ छ ।