३ कार्तिक २०८३, मंगलबार

सृजनाको सरलरेखा प्रकाश सपूतको बदला बरीलै, फिल्म निर्देशकलाई राम्रो झापड

854
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भनिन्छ– सृजना कलाकारिताको ताकत हो । यो ताकत नेपाली कलाकारिता क्षेत्रमा निक्कै कमै मात्र भेटिन्छ । समाजको चित्र, मनोविज्ञान र अपेक्षालाई एउटा डालोमा राखेर त्यसको मिठो संगम दिन सक्ने क्षमता जो कोहीमा हुँदैन ।

सृजनालाई अवसर र नाफाघाटामा हिसाब गर्नेहरू व्यापारी हुन्, कलाकार होइनन् । तर जसले समाजको चित्रलाई सृजनाको आयामबाट प्रष्ट बनाउने कोशिश गर्छ त्यो कालकारिताको प्रखर अध्येता हो । यहि विन्दुमा भेटिए गायक, कलाकार, निर्देशक प्रकाश सपूत र दुनियाँले देख्यो उनको कर्मशील आयाम– बदला बरीलै ! भिडिओ ।

विनोद ढकाल

यो सृजनात्मक कामको सरल रेखामा दौडिएको छ । भविष्य खोज्न हिँडेकी युवती (केकी अधिकारी)को कला उत्कृट हुँदाहुँदै उनी छोरी हुनुको सामाजिक कुचेत देखाउँछन् कलाकार (ध्रुव कोइराला)ले । प्रस्तुतीमा रहेका सबै कलाकारको अभिनयलाई सलाम भन्न सकिन्छ ।

देवी घर्तीको स्वरले संगीतलाई अत्यधिक न्याय गरेको छ । स्मृति शाही, सुनिता परियारको पाश्र्व गायन सहयोग भिडिओको मर्मानुरुप छ । श्यामश्वेत रसाइलीको पाश्र्व संगीत संयोजन नेपाली आम जीवनले भोगेको श्यामश्वेत कालखण्डको गज्जब छ ।

हवसको त्यो शिकारीले आफ्नो क्षणिक सन्तुष्टिका निम्ति युवतीको अस्मितासँगै जीवनमा परिकल्पना गरेका अनेक रुपरङ र उद्देश्यको निर्मम हत्या गर्छ, बलात्कारसँगै ।

तर पापको भाँडो उभिन्डो हुन सक्छ भन्ने सामाजिक चेतलाई थोरै पनि ध्यानमा नराखेको त्यो व्यक्तिको मृत्यु त्यहि शैलीमा निमर्म हुन्छ, त्यसको संकेत उसले घरबाट निस्कनेक्रममा पत्नीलाई बोलेको बचन र गरेको व्यवाहारमा प्रतीत हुन्छ ।

अन्ततः काल बनेर उत्रिएकी उही पात्रले उही शैलीमा निमर्मताका साथ हत्या गर्दा पनि हेर्ने दर्शक र सुन्ने स्रोतालाई कुनै ग्लानी या दयाभाव पटक्कै आउँदैन । यहि कलाको विशेषता हुन्छ ।

बलात्कारी देखाउन खोजिएको हैसियतवाल व्यक्ति मोटरसाइकलमा हिँडेको देखाइन्छ त्यहाँ कार वा कुनै अर्को सवारीसाधन राखेको भए हुने थियो भन्ने लाग्नु स्वभाविक देखिए पनि कलाको मर्म त कथाको प्रस्तुतीसँग जाडिन्छ । यसर्थ, त्यो सानो विन्दुमा देखिएको खटपटको खासै अर्थ छैन, कलाको मर्मसँग ।

मुख्य मोडल अधिकारीलगायतको अभिनय अतुलनिय, अस्वभाविक र भिडिओको धारणापर्यन्त छ । सहायक कलाकारको भूमिका कल्पनाको आधारशिलामा जडित छ । सम्पादन र छायांकन निक्कै उत्कृष्ट छ । यस अर्थमा प्रकाश सपूतको परिकल्पना हिजो भन्दा आज बलियो ठहर्छ ।

कलाको कर्म हुन्छ । त्यो कर्म सन्देश हो । प्रकाश सपूत त्यहि सन्देशको विक्षिप्त प्रकार हुन् भन्ने बदला बरीलैको भिडिओले प्रष्ट पार्छ । यो भिडिओ हेर्ने दर्शक नतमस्तक मात्र छैनन्, केही भावुक हुन्छन् । तर करोडौंको कमाई गरेको झूठा प्रचार र आत्मरतीमा रमाउने फिल्म निर्देशकका लागि प्रकाश सपूतको यो सृजना राम्रो, उत्कृष्ट र गतिलो झापड हो । यसमा कुनै सन्देह छैन ।

समिक्षाकै दौरानमा उत्रिएको एउटा सुझावचाहिँ यो भिडिओमा अंग्रेजी भाषामा लिखित गीति शव्द र शव्द संवाद जोडि अन्तर्राष्ट्रिय बजारमा पठाए प्रकाश सपूतको सृजनाले जुन लय समातेको छ, त्यसको गतिको रफ्तार नेपालका कयन मै हुँ भन्ने फिल्म निर्देशकले देख्न सक्ने छैनन् ।