३० आश्विन २०८३, शुक्रबार

दक्षिण अफ्रिकामा नेपाली युवकको कोरोनाबाट मृत्यु

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दक्षिण अफ्रिका । दक्षिण अफ्रिकामा कार्यरत एक नेपाली युवकको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु भएको छ ।

पाँचथर स्थायी घर भएका ३४ वर्षीय युवकको दक्षिण अफ्रिकाको जोहान्सबर्गमा कोरोना संक्रमणबाट मृत्यु भएको गैरआवासीय नेपाली अन्तर्राष्ट्रिय संघका कोषाध्यक्ष हिक्मत थापाले जानकारी दिए ।

उनी सर्फ बनाउने कारखानामा सेक्युरिटी सुपरभाइजरका रुपमा कार्यरत थिए । थापाका अनुसार अफ्रिका महादेशमै कोरोनाबाट पहिलो नेपालीको मृत्यु भएको हो ।

अहिलेसम्म अफ्रिकाका दक्षिण अफ्रिका, नाइजेरिया, इजिप्ट र आइभोरी कोस्ट गरी २२ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये १० जना निको भई घर फर्किएको थापाले जानकारी दिए ।