३० आश्विन २०८३, शुक्रबार

एमाओवादी छाड्न ५० जनाको सूची तयार, पूर्वएमाले र नारायणकाजी समूहको गोप्य भेला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Maobadi_Maoist-Office

– गणेश पाण्डे/कमलराज भट्ट

पुष्पकमल दाहाल प्रचण्ड र मोहन वैद्य किरणले दुई बर्षअघि टुक्रिएको पार्टीलाई एकीकरण गर्ने तयारी गरिरहँदा एमाओवादी छाड्नेहरुको गोप्य सूची तयार भएको छ ।

एमालेबाट एमाओवादी प्रवेश गरेका पचास जना नेताले सामूहिक रुपमा पार्टी छाड्ने तयारी गरेका हुन् । काठमाडौँमा भएको गोप्य भेलाले पचास जनाको सूची तयार पारेको छ । 

मोहन वैद्यसँग पार्टी एकीकरण भए नारायणकाजी श्रेष्ठको समूहले पनि पार्टीबाट बाहिरिने संकेत गरेको छ । नारायणकाजी समूहले हालै चितवनमा गोप्य भेला सम्पन्न गरेको छ ।