
काठमाडौं, १८ साउन । कोरोना भाइरस संक्रमणमा भिडभाड मुख्य कारण भएको ठहर गर्दै रेष्टुरेन्ट व्यावसायलाई अर्डर गरेर खाने कुरा लैजाने (टेकवे) सुविधामा मात्रै सीमित गरिने भएको छ ।
काठमाडौंलगायत देशका विभिन्न भागमा भिडभाडका कारणले कोरोना फैलिएको ठहर गर्दै सरकारले यस्तो तयारी गरेको हो । १५ साउनदेखि रेष्टुरेन्टमा सामाजिक दूरी कायम गरेर चलाउन दिने निर्णय भएको थियो ।
लक डाउन हटेसँगै मुलुकका विभिन्न भागमा कोरोना संक्रमणले तिव्रता लिएपछि सरकार यस्तो निर्णयको तयारीमा जुटेको हो ।















प्रतिक्रिया