२९ आश्विन २०८३, बिहिबार

गैरआवासीय नेपाली संघको पहलमा प्रवासी नेपालीले कतारमा रक्तदान गरे

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bloodदोहा, कतार । ‘रक्तदान जीवन दान’ भन्ने नाराका साथ कतारका प्रवासी नेपालीहरुले रक्तदान गरेका छन् ।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको संयोजन तथा हमद मेडिकल कर्पोरेसन ब्लड डोनर सेन्टरको सहयोगमा शनिवार कतारमा रहेका नेपालीले रक्तदान गरेका हुन् ।

blood4कतारका विभिन्न संघ संस्थाहरुले संयुक्तरुपमा रक्तदान शिविर आयोजना गरेका थिए । रक्तदान शिविरमा ४६ जनाले रक्तदान गरेको एनआरएनए एनसीसी कतारका महासचिव तथा इन्टरनेशनल नेप्लिज ब्लड डोनरसका कोषाध्यक्ष बिनोद भट्टराईले जानकारी दिनुभयो ।

शिविरमा रक्तदान गर्न १०३ जना आएका थिए । प्राविधिकरुपमा अयोग्य ठहरिएपछि ४६ जनाले मात्रै रक्तदना गरेका थिए ।

blood3जसमध्ये एनआरएनए एनसीसी कतारका अध्यक्ष मक्सुद आलम, उपाध्यक्ष कुमार कार्की, महासचिव तथा इन्टरनेशनल नेप्लिज ब्लड डोनरसका कोषाध्यक्ष बिनोद भट्टराई, सल्लाहकार तथा नेपाली जनसम्पर्क समितिका सभापति बिमल सुबेदी लगायतका एनआरएन तथा सामाजिक व्यक्तित्वहरुले रक्तदान गरेका थिए ।

blood1कतारमा रहेका नेपालीहरुले हरेक बर्ष संयुक्तरुपमा रक्तदान कार्यक्रम आयोजना गर्दै आइरहेका छन् ।

यस पटकको कार्यक्रममा कतारमा रहेका गैरआवासीय नेपाली संघ, नेपाली जनसम्पर्क समिति, प्रवासी नेपाली मञ्च, नेपाल पत्रकार महासंघ, नेपाल इन्जिनियर्स एसोसिएसन, नेपाल प्रवासी आदीबासी जनजाति महासंघ, खस क्षेत्री सेवा समाज, स्याङजा सहयोग समाज, मोरङसुनसरी सेवा समाज, प्रवासी झापाली सम्पर्क मञ्च, गुल्मी सेवा समाज, अर्घाखाँची सेवा समाज, म्याग्दी सेवा समाज, पाँचथर सेवा समाज, सिराहा सेवा समिति, पर्वत सेवा समाज, इलाम सेवा समाज, कास्की आदर्श सेवा समाज, चितवन युवा समुह, खोटाङ सेवा समाज र सुनुवार सेवा समाजले सहभागीता जनाएका थिए ।

blood2