७ कार्तिक २०८३, शनिबार

कोरोना संक्रमित मध्ये काठमाडौं उपत्यकामा घर भएका ३५० जना, समुदाय जोखिममा पर्न सक्ने अनुमान

770
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ साउन । कोरोना भाइरस (कोभिड–१९) संक्रमितहरू मध्ये ३ सय ५० जनाको घर काठमाडौं उपत्यकामा रहेको बताइएको छ । हालसम्म संक्रमित रहेकाहरू काठमाडौंमा घर भएकाको संख्या सो अनुपातमा रहेका कारण समुदाय जोखिममा रहेको अधिकारीहरूले बताएका छन् ।

‘काठमाडौंमै संक्रमण भएका भन्ने होइन, बाहिरका जिल्लामा संक्रमित भए पनि काठमाडौं उपत्यकामा घर भएकाको संख्या ३५० जनाको रहेको छ’, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डे भन्छन्,‘२१० जना पुरुष र १४० जना महिला छन्, यसलाई गम्भिरताका साथ बुझ्न आवश्यक नै छ ।’

यस्तो अवस्थामा उच्च सतर्कता र स्वास्थ्यमा निक्कै ख्याल गर्न आवश्यक रहेको पाण्डे बताउँछन् ।