७ मंसिर २०८३, सोमबार

प्रहरी मुख्यालय नक्सालमा कोरोना संक्रमित ३५ पुग्यो, कन्ट्याक्ट ट्रेसिङ जारी

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ साउन । नक्सालस्थित नेपाल प्रहरी मुख्यालयमा कोरोना भाइरस संक्रमित प्रहरीको संख्या ३५ पुगेको छ । अझै कन्ट्याक्ट ट्रेसिङ जारी रहेको बताइएको छ ।

पहिलो दिन ४, दोस्रो दिन २३ र तेस्रो दिन ८ गरी ३५ प्रहरीमा कोरोना संक्रमण देखिएको हो । संक्रमित सवारी शाखाका छन् । संक्रमितमा असई १, हवल्दार ६, प्रहरी जवान २६ र कार्यालय सहयोगी २ जना छन् ।

यस्तै अत्यावश्यक कामबाहेक सर्वसाधारणलाई प्रवेशमा रोक लगाइएको छ ।