सुनसरी, १३ साउन । बसमा लुटपाट गर्ने ४ जनाको समूहलाई ईलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरी सार्वजानिक गरेको छ ।
धरानबाट इटहरी आईरहेको बसमा सवार रहेका धरान उपमहानगरपालिका–८ का ५७ बर्षीय डम्बरप्रसाद बास्तोलाको साथमा रहेको ९७,६०० चोरी गरेको आरोपमा काभ्रेपलाञ्चोक रोसी गाउँपालिका–३ का ३६ बर्षीय जीतबहादुर ट्वाटी श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

यस्तै, रोसी गाउँपालिका–५ का २२ बर्षीय चिउनी भनिने युवराज लामा, भुङलो गाउँपालिका–८ का ३२ बर्षीय सुजन तामाङ भन्ने सन बहादुर लामा तामाङ र तिमाल गाउँपालिका–२ का २६ बर्षीय कमल लामालाई प्रहरीले पक्राउ गरेको हो ।

यो समूहले इटहरीको ट्याङग्रा खोला छेउमा बसबाट ओर्लन खोजेका बास्तोलाको साथमा रहेको नगद, जबरजस्ती लुटपाट गरी फरार भएको भनी घटनाको जानकारी पाए लगत्तै फरार भएका कमल लामालाई तत्काल पक्राउ गरेको थियो ।
अन्य ३ जनालाई खोजतलास गर्ने क्रममा सोमबार दिउँसो तरहराबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको साथबाट नगद १२, ९०० बरामद गरेको छ ।

धरानको एक होटलमा बस्दै आएको समूह चोरी गर्नकै लागि काठमाडौंबाट पूर्व आएको पत्ता लागेको छ । उक्त घटनामा अन्य २ जना पनि संलग्न रहेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया