७ कार्तिक २०८३, शनिबार

कोपिला र अनिसाको ठगी सुत्र– डिभी परेको छ, बिहे गरी अमेरिका लैजान्छु

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्बिर

काठमाडौं, ११ साउन । ठगका अनेक दाऊ ! फरक सुत्र !

यस्तै सुत्र उपयोग गर्दै हिँडेका थिए कोपिला शर्मा र अनिसा केसी । अविवाहीत पुरुषलाई भन्ने गर्थे– डिभी परेको छ, अमेरिका लैजान्छु । बिहे गर्ने हो ? अनि नजिकिएर लिन्थे रकम ।

महानगरीय अपराध महाशाखाले बुटबलबाट नियन्त्रणमा लिएका यी दुई युवतीको धन्दा यति मात्र होइन । यहि डिभिलाई पासो बनाएर महिलालाई व्यावसायमा साझेदारीको प्रस्ताव पनि गरे ।

अहिले लक डाउनको समय भएकाले अमेरिका उडान हुनासाथ जाने आश्वासन अर्को अस्त्र थियो ।

हालसम्म यी दुई युवतीले ७ लाखसम्म ठगी गरेको उजुरी दर्ता भएका छन् । प्रहरीको प्रक्षेपण छ– अन्य उजुरी पनि आउन सक्छ ।