७ मंसिर २०८३, सोमबार

स्वेच्छाले कोरोना परिक्षण गराएका ९ जनामा संक्रमण पुष्टि

910
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्सा, ७ साउन । स्वेच्छाले कोरोना भाइरस (कोभिड–१९) संक्रमण परिक्षण गराएका पर्सा र बाराका ९ जनामा पोजिटिभ रिपोर्ट आएपछि प्रशासन चिन्तित बनेको छ ।

नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा पर्सा र बाराका ९ जनामा कोरोना संक्रमण देखिएको हो । वीरगञ्ज महानगरपालिकाका ३५ र ४७ वर्षीय पुरुष, नारायणी अस्पतालका एक जना सफाई कर्मचारी ३५ वर्षीय पुरुष, पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर ३ कौवावन कटैयाका ३१ वर्षीय पुरुष, पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ५ निचुटाका ५५ वर्षीय पुरुषमा कोरोना देखिएको हो ।

बारा जिल्लाको सिम्रौनगढ नगरपालिकाका २९ वर्षीय पुरुष, बानीपुर गाउँपालिका वडा नम्बर ५ का ३५ वर्षीय पुरुष, प्रसौनी गाउँपालिका वडा नम्बर ४ का ३० वर्षीय पुरुष र वीरगञ्जको जगदम्बा इन्टरप्राईजेजका कर्मचारी ५६ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको बताइएको छ । संक्रमण पुष्टि भएका मध्ये ५ जनालाई गण्डक अस्पतालमा भर्ना गरिएको तथा अरु ४ जनालाई अस्पताल ल्याउने तयारी भइरहेको छ ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले स्वेच्छाले गरेको परिक्षणमा कोरोना देखिएपछि अवस्था गम्भिर हुनसक्ने अनुमान गरेका छन् । संक्रमण पुष्टि भएकाको ट्राभल हिस्ट्री समेत नभएका कारण समुदायमा कोरोना संक्रमणको अवस्था अझ गहिरो हुनसक्ने अनुमान गरिएको छ ।