पुतलीबजार, ७ साउन । स्याङजा जिल्लामा बुधबार बिहान पहिरोले घर पुरिदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
गल्याङ नगरपालिका वडा नम्बर १० मा आमा र छोरी बस्दै आएको घर पहिरोले पुरिँदा ५२ वर्षीया माया सारुको मृत्यु भएको छ ।
छोरी नारायणी सारु घाइते भएको जिल्ला प्रहरी कार्यलयका डीएसपी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिएका छन् ।
घाइते भएकी छोरीको जिल्लामै उपचार भइरहेको अघिकारीले डीएसपी जानकारी दिए ।











प्रतिक्रिया