
झापा, ७ साउन । झापाको बुद्धशान्ति गाउँपालिकाम–७ मोतीडाँडामा पहिरोले घर पुर्दा मेचीनगर–९ निवासी १५ वर्षीय विवेक दर्नालको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मेचीनगरबाट बुद्धशान्ति–७ निवासी तेजकुमार बराइलीको घरमा पाहुना आएका दर्नालको गएराती मृत्यु भएको हो ।
अविरल बर्षाका कारण गएको पहिरोले बराइलीको घर भत्किँदा ७७ वर्षीया तीलमाया बराइली, २१ वर्षीया कल्पना बराइली, १९ वर्षीया पृष्टिना बराइली घाइते भएका हुन् ।
घाइतेको उद्दार गरिएको छ ।











प्रतिक्रिया