२९ आश्विन २०८३, बिहिबार

प्रेम र घृणा गर्नेहरूको मनमा वीपी

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बिस २००५ सालमा जेलबाट छुट्ने क्रममा श्री ३ मोहन शमशेरलाई भेटाउन विश्वेश्वरप्रसाद (वीपी) कोइराला लाई सिंहदरबार ल्याएपछि श्री ३ ले हातले इशारा गर्दै ‘भुइँमा बस’ भन्दा अस्वीकार गरी मेच माग भयो ।

मोहन शमशेर रिसाए–

‘ए बाहुन्, राजकाज ताक्छस् ? राजकाज चलाउन त (निधार देखाउदै) तक्दिरमा लेखेर ल्याउनुपर्छ ।’

तर २ बर्षभित्रै बिस २००७ सालमा उनै वीपी मोहन शमशेरसँगै शक्तिशाली गृहमन्त्री भए ।

शिवजी श्रेष्ठ

बिस २००८ सालमा तत्कालिन युवराज महेन्द्र आफ्नो बिबाहको किचलोमा वीपीको सरकारी निवास त्रिपुरेश्वरमा बिहान भेट्न आए, उनकै सिफारिस गर्न साँझ राजदरबारमा पुगेका बीपीलाई राजा त्रिभुवनले वीपी तपाई अहिले महेन्द्रको सिफारिसमा आउनु भो, तर पछि हेर्नुहोला उसैले तपाईहरूलाई रुवाउनेछ भनेका थिए ।

बिस २०२५ सालमा वीपी र गणेशमान सिंह जेलबाट निस्कनुअघि दरबारमा मध्यस्थता गरिरहनु भएका गिरिजा बाबुसँग राजा महेन्द्रले टंकप्रसाद आचार्य, मातृकाप्रसाद कोइरालालगायतका नेताहरूको मुल्य तोक्दै पछाडि भित्तामा देखाए –

‘हेर गिरिजा, उ त्यो नेताकोचाहिँ मुल्य तोक्न सकिँदैन ।’

भित्तामा फर्केर हेर्दा वीपीको फोटो रहेछ । अनि राजाले फेरी थपेछन्–

दुनियाँ (अन्तर्राष्ट्रिय स्तरमा) लाई देखाउन सुहाउने त उही हो नि, उ (वीपी) मेरो बेष्ट फ्रेन्ड, तर राजनीति निर्दयी हुँदो रहेछ, राजनीतिमा आफूलाई मन परेको मान्छे पनि थुन्नु पर्दो रहेछ ।

कलिला राजा बीरेन्द्र राज्यारोहणपछि बिस २०३० सालमा भारतको भ्रमणमा रहँदा निर्वासनमा रहेका वीपी कोइरालासँग कलकत्तामा भेट भएछ–

‘वीपी, तिमी राजनीतिमा असफल भयौ, नेपाल फर्क, म स्थान दिउँला ।’

तब वीपीले भनेछन्–

‘सरकार, ममाथि सदासयता राखिबक्सेकोमा धन्यबाद, म असफल भए त बिराटनगरमा जग्गा छ, खेति गर्छु । खान्छु, तर सरकार असफल भइबक्स्यो भने नि ?’

राजा रिसाउँदै जुरुक्क उठे र भने–

‘वीपी तिमी कोसँग बोल्दैछौ ? म नेपालको महाराजाधिराज हँु ।’

वीपी ले पनि शान्त भावमा उठेर भने–

‘हेक्का रहोस्, सरकार पनि नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्रीसँग बोलिबक्सदैछ ।’ तब राजा शान्त भएर बस्दै वार्ता सुचारु भएछ ।

भर्खरै सिक्किम भारतमा बिलय भएको थियो, भारतमा इन्दिरा गान्धीको दबदबा थियो, वीपी बिस २०३३ मा नेपाल फर्कने सोचमा पुगे, अन्तर्राष्ट्रिय ख्याती प्राप्त बरिष्ठ समाजवादी नेता जयप्रकाश नारायणले भने–

सोभियत संघका राष्ट्र प्रमुख तथा कम्युनिष्ट पार्टीका शक्तिशाली महासचिव ख्रुश्चेवले ‘हामीले १० बर्ष भित्र अमेरिकालाइ भेट्छौं’ भन्दै अमेरिकी बिकासको मोडेल पछ्याउन खोज्दा वीपीले भारतीय पत्रकार भोला चटर्जीलाइ अन्तरवार्तामा भनेका थिए– ‘बिकासको आफ्नै माटो अनुसारको मोडल बनाउनु पर्छ, न कि कसैको कपि गर्नुहुन्छ’

‘वीपी नेपाल नजानुस्, तपाईमाथि खतरा छ, स्वास्थ्य पनि ठिक छैन ।’ वीपीको जवाफ थियो– ‘जयप्रकाश नारायण जी, मेरो स्वास्थ्य भन्दा देशको स्वास्थ्य ठूलो हो, बिदेशी रानी (इन्दिरा) लाई मान्नु भन्दा त स्वदेशी राजालाई नै मान्छु नि ।’

बिस २०३६ सालमा जनमत संग्रह भयो ।

२०३७ सालमा आफूलाई नेपाली कांग्रेसको कार्यवाहक सभापति घोषणा गर्दै बखान सिंह गुरुङले वीपीलाई पार्टीको सभापतिबाट अपदस्त गरेको घोषणा गरे तर आफैं ३८ सालमा पंचायत प्रवेश गर्दै पंचायतको कानून मंत्रीकै अबस्थामा बिस २०४० सालमा दिबंगत भए ।

बिस २०४८ सालमा भर्खर नेपाली कांग्रेसको सरकार बनेको थियो, संसदमा सत्तापक्ष–प्रतिपक्ष जुहारी चल्दै थियो ।  कांग्रेस सांसद उमा अधिकारीले बिपक्षीलाई अलिक घोचेर बोलिन्, तब प्रतिपक्षी नेता तथा एमालेका अध्यक्ष मनमोहन अधिकारीले संसदको रोष्टममा उभिएर भने–

‘नेपाली कांग्रेसका मित्रहरू, बहुमतको घमण्ड नदेखाउनुस्, हामीले बिस २०१६ को दुई तिहाइ बहुमतको सरकार पनि देखेका छांै, अझ त्यो बेला त अन्तर्राष्ट्रले अति मान्ने वीपी कोइराला पनि हुनुहुन्थ्यो ।

सायद एमाले महासचिव मदन भण्डारीको जीवनको करिब–करिब अन्तिम अन्तर्वार्ता थियो देशान्तर साप्ताहिकमा ।  प्रश्न थियो– मदन भण्डारीलाइ मन पर्ने खाना र नेता ?

जवाफ थियो– मनपर्ने खाना मोमो र मनपर्ने नेता वीपी ।’

आजभन्दा ३८ बर्षअघि बिस २०३९ श्रावण ६ गते वीपी को देहान्त भयो, सोसलिष्ट इन्टर्नेशनलका अध्यक्ष तथा पश्चिम जर्मनीका चान्सलर बिलि ब्रान्टले भने–

‘उपाध्यक्ष वीपीको निधनले मैले अब आफ्ना अगाडि अन्धकार मात्र देखिरहेछु ।’

वीपी को शवयात्रामा शव राखिएको ट्रकमा भारतीय समाजवादी नेता (पछि प्रधानमन्त्री) चन्द्रशेखर चढे, रुदै वीपीको खुट्टा ढोगे र आर्यघाट सम्मै खुट्टा मुनि बसिरहे ।

सोभियत संघका राष्ट्र प्रमुख तथा कम्युनिष्ट पार्टीका शक्तिशाली महासचिव ख्रुश्चेवले ‘हामीले १० बर्ष भित्र अमेरिकालाइ भेट्छौं’ भन्दै अमेरिकी बिकासको मोडेल पछ्याउन खोज्दा वीपीले भारतीय पत्रकार भोला चटर्जीलाइ अन्तरवार्तामा भनेका थिए– ‘बिकासको आफ्नै माटो अनुसारको मोडल बनाउनु पर्छ, न कि कसैको कपि गर्नुहुन्छ ।’

मार्क्सको आर्थिक सिद्धान्तलाई मान्ने वीपीले भनेका थिए – ‘समाजवादमा प्रजातन्त्र झिकिदियो भने साम्यवाद बन्छ तर त्यहि साम्यवादमा प्रजातन्त्र थपिदियो भने समाजवाद बन्छ ।’

कहिलेकाहीँ अचम्म लाग्छ आज भन्दा ७० बर्ष अगाडि नै नेपालमा अन्तरर्राष्ट्रिय राजनीतिमा पनि ख्याती कमाउन समर्थ यो स्तरको नेता पनि थिए नि !

वीपीप्रति भावपूर्ण श्रद्दा सुमन !