७ मंसिर २०८३, सोमबार

पाँच महिनापछि खुल्ने भयाे हवाइ उडान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, ६ साउन । कोरोना संक्रमण जोखिम बढ्न सक्ने भन्दै बन्द भएका व्यावसायिक हवाइ उडान करिब पाँच महिनापछि खुल्ने भएको छ ।

सरकारले भदौ १ गतेदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिएका छन् ।

यसअघि सरकारले चैत ९ देखि अन्तर्राष्ट्रिय उडान र ११ देखि आन्तरिक तर्फका व्यावसायिक उडान बन्द गराएको थियो ।

यसरी व्यावसायिक उडान पुनः सञ्चालन गर्दा अपनाउनुपर्ने स्वास्थ्य सुरक्षाका नियमहरू भने पर्यटन मन्त्रालयले बनाउनेछ ।