७ मंसिर २०८३, सोमबार

प्रचण्डपक्षीय स्थायी समिति सदस्यको बैठक, पूर्वमाओवादीबाट गृहमन्त्री थापा र भट्ट गएनन्

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ साउन । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खुमलटारमा आफू पक्षीय स्थायी समिति सदस्यहरूसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको छलफलका विषयमा ब्रिफिङ गर्न प्रचण्डले आफूनिकट स्थायी समिति सदस्य बोलाएका थिए । पूर्वमाओवादीका सबै स्थायी समिति सदस्य उपस्थित भएपछि गृहमन्त्री रामबहादुर थापा र उद्योगमन्त्री लेखराज भट्ट भने खुमलटार नगएको उच्च स्रोतले जनायो ।

पूर्व माओवादीहरु छिन्नभिन्न भएको भन्दै प्रचण्डले स्थायी समिति सदस्यहरुलाई खुमलटार बोलाएका थिए । पूर्वमाओवादी तर्फका स्थायी समिति सदस्यहरू कतिपय प्रधानमन्त्री ओलीसँग उभिएका छन् । कतिपयले ओली–प्रचण्डबीच सहमति हुनुपर्ने र पार्टी विभाजनबाट जोगिनुपर्ने भनी लागि परेका छन् ।