७ मंसिर २०८३, सोमबार

गुल्मीका अधिकांश कोरोना संक्रमित निको, ११ जना मात्रै आइसोलेसनमा

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तम्घास, ५ साउन । गुल्मी जिल्लामा कोरोना संक्रमितको संख्या घट्दै गएको छ । गुल्मीमा ११ जना मात्रै आइसोलेसनमा उपचार गराइरहेका छन् ।

गुल्मीमा कोरोना संक्रमितको संख्या ३ सय ५० सम्म पुगेको थियो । धेरैजसो संक्रमित कोरोनामुक्त भएर घर फर्केको र हाल ११ जना मात्रै आइसोलेसनमा रहेको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिएका छन् ।

कोरोना संक्रमितमध्ये आइसोलेसनमा रहेकाहरूमा रेसुङ्गा नगरपालिकाका ४ जना, छत्रकोट गाउँपालिकाका ५ जना, कालीगण्डकी गाउँपालिकाका १ जना र १ जना महिला गरी ११ जना छन् । अन्य गाउँपालिकाका संक्रमितहरू कोरोना मुक्त भएर डिस्चार्ज भइसकेका छन् ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो निर्देशनअनुसार आइसोलेसनमा बसेको १४ दिनसम्म पनि कोरोना संक्रमणको कुनै लक्षण नदेखिएकाहरूलाई पुनः परीक्षण नगरी घर पठाउने गरिएको छ ।