२९ आश्विन २०८३, बिहिबार

कतारमा नेपाली राजदूतावासलाई राहदानी फाराम संकलनमा प्रवासी नेपाली मञ्चको सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ouater1

 – दिल कुमार श्रेष्ठ

दोहा, कतार । प्रवासी नेपाली मञ्च कतारले एमआरपी राहदानी फाराम संकलनमा नेपाली राजदूतावासलाई सहयोग गरेको छ । मञ्चले गत शुक्रबार नेपाली नियोग दोहा कतारमा एमआरपी फारम सकलन तथा राहदानी बितरणमा नियोगलाई सहयोग गरेको हो ।

प्रवासी नेपाली मञ्चका अध्यक्ष रामहरी गैरेको संयोजकत्वमा गएको टोलीले वितरण र संकलनमा सहयोग गरेका थिए ।

बिगत केहि महिना देखि संचालन हुदै आएको यो कार्यक्रममा मञ्चले सहयोगीको भूमिका निर्वाह गरेको यो दोस्रो पटक हो ।

quaterजनबर्गिय संगठनको रुपमा स्थापित भए पनि कतारको कानुनलाई शिरोपर गर्दै मञ्चले हरेक सामाजिक कार्यक्रममा प्रमुख तथा सहयोगीको भूमिका निर्वाह गर्दै आएको छ ।

मञ्चले करिब ४०० को हाराहारीमा फम संकलन तथा साढेचार सयको हाराहारीमा राहदानी वितरण गरेको थियो ।

हस्तलिखित राहदानी बिस्थापित हुने दिन नजिकिदै छ । पाँच लाख भन्दा बढी नेपालीहरु समयमै कतारमा सम्पूर्ण हस्तलिखित राहदानीहरुलाई बिस्थापित गरिसक्ने नेपाल सरकारको योजना रहेको छ ।

सोही योजनालाई मुर्तरुप दिन साथै पछिल्लो समयमा दुताबासमा सेवाग्राहीको संख्या बढ्दो छ । बढ्दो भिडलाई व्यवस्थित गर्न प्रवासी नेपाली मञ्च कतारले शुक्रबार दिनभर नेपाली नियोगमा सहजीकरणको लागि सहयोग गरेको थियो ।

Quater2सहजिकरणका लागि दिनभर खट्नु हुने सम्पूर्ण होनहार, जुझारु कमरेडहरू, प्रवासी नेपाली मञ्च कतारका राष्ट्रिय कमिटिका पदाधिकारी तथा सद्स्यहरु, सल्लाहकार परिषद्का सदस्यहरु, तनहुँ सम्पर्क मञ्च तथा विभिन्न ईलाका कमिटिका सदस्यहरुलाई मञ्चले धन्यवाद समेत ज्ञापन गरेको छ ।

आगामी दिनमा सहयोग गर्न आग्रह गरेको छ । सोहि दिन मञ्चले हमाद हस्पिटलमा एनआरएन एनएनसीसी कतारको संयोजनमा भएको रक्तदान कार्यक्रममा पनि सहभागिता जनाएको थियो ।