
काठमाण्डौँ । पत्रकार दीपक समीरको पहिलो गीत सार्वजनिक भएको छ ।
रेडियो हुँदै टेलिभिजन पत्रकारितामा रहेका दिपकको अलि अलि गर्दै बोलको गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो ।
गीतमा डि पि खनालको शब्द रहेको छ भने संगीत शंखर थापा “स्माइल” ले गरेका छन् । गायक समीरले लकडाउनपछि सहज वातावरणमा भिडियो पनि सार्वजनिक गर्ने बताएका छन् ।
हाल नेपाल टेलिभिजनमा कार्यरत समीर संगीतका समेत विद्यार्थी रहेका छन् । गीतलाई शुक्रबार सर्टकट इन्टरटेनमेन्टबाट युट्युबमा सार्वजनिक भएको हो ।
भिडियो :















प्रतिक्रिया