
काठमाडौँ, ३१ असार । सत्तारुढ नेकपाको आन्तरिक विवाद समाधानका लागि पार्टी अध्यक्षद्धय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको वुधबारको छलफल पनि बिना निष्कर्ष टुंगिएको छ ।
उनीहरु आआफ्नै अडानमा रहेपछि विवाद यथावत रहेको बताइएको छ ।
दुई अध्यक्षबीच लगातार वार्ता भए पनि कुनै प्रगति नभएपछि बिहीबार नेता माधवकुमार नेपालसहित छलफल हुने भएको छ ।
अध्यक्ष प्रचण्डलगायतले प्रधानमन्त्री ओलीको राजीनामा माग गरिरहेका छन् । उता ओलीले भने आफूले कुनै हालतमा दुवै पदबाट राजीनामा नदिने बरु छिटो महाधिवेशन गरेर एकल अध्यक्ष हुन दाहाललाई प्रस्ताव गरेका थिए ।
तर, दाहालले अहिले प्रधानमन्त्रीबाट राजीनामा दिएर निकास दिनुपर्ने माग राखेका थिए । अन्य नेताहरुले भने छलफल सहमतिउन्मुख भएपनि निष्कर्ष ननिस्केको बताए ।















प्रतिक्रिया