
महोत्तरी, ३१ असार । पानी जमेको खाल्डोमा डुबेर २ जना बालिकाको मृत्यु भएको छ ।
भँगाह नगरपालिका ६ मजरा टोल बस्ने रमदुला अन्सारीकी ७ वर्षीया छोरी जयनब खातुन र सोही ठाउँ बस्ने नईम अन्सारीको ५ वर्षीया छोरी सहनाज खातुनको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको छ ।
उनीहरुको वुधबार दिउँसो नुहाउने क्रममा उक्त खाल्डोमा डुबेर दुवै जनाको मृत्यु भएको बताइएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया